जेठ १७, २०७९ मंगलबार

अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले यस वर्षको बालोन डी-ओर अवार्ड करिम बेन्जिमाले जित्ने बताएका छन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार मेस्सीले यस सिजन बेन्जिमाले उत्कृष्ट प्रदर्शन गरेको कारण बालोन डी-ओरको हकदार रहेको बताए ।

मेस्सी कीर्तिमानी ७ पटकको बालोन डीुओर विजेता हुन् ।

'बेन्जेमाको एक शानदार वर्ष रह्यो  । मलाई लाग्छ कि उनले बालोन डीुओर जित्नेमा कुनै शंका छैन,' मेस्सीले भनेका छन् ।

फ्रान्सका स्ट्राइकर बेन्जिमाले यस सिजन रियल मड्रिडका लागि च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेका छन्।