जेठ १७, २०७९ मंगलबार

नेपाल प्रहरीको आईजीपी नियुक्ती विवादबारे मंगलबार पूर्ण सुनुवाई हुँदै छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । 

पोखरेलको रिटमा  प्रारम्भिक सुनुवाई गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्ण ​सुनुवाइका लागी पेश गर्न आदेश गरेकी थिइन् । न्यायाधीश माथेमाको इजलासले पोखरेलले माग गरेअनुसार अन्तरिम आदेश दिन अस्विकार गरेको थियो । 

सर्वोच्च अदालतले धीरजप्रताप सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाउन आदेश जारी गरेको छ । आईजीपी सिंहले वैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमाण्ड सम्हालिसकेका छन् ।