जेठ १७, २०७९ मंगलबार

पोखरा विमानस्थलभित्र आज बिहान हेलिकप्टरमा तेल भर्न जान लागेको ट्यांकर धावनमार्ग नजिकै रहेको सडकमा पल्टिएको छ।

धावनमार्ग वरिपरिको सडकमा तेलको ट्यांकर पल्टिएपछि उडान तथा अवतरणका कार्य स्थगित भएका छन्। 

पल्टिएको ट्यांकर बिहान ९ बजेसम्म हटाइसक्ने गरी काम अगाडि बढेको विमानस्थलले जनाएको छ । ट्यांकर पल्टिएपछि इन्धन पोखिएको थियो। पोखिएको इन्धन सफा गर्ने काम भइरहेको छ।