जेठ १७, २०७९ मंगलबार

काठमाडौं स्  काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको खानेपानी वितरण बन्द गरिएको छ। 

सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले  टनेल भित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश गरेकोले टनेको मुख्य ढोका बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले जानकारी दिए।

पन्तका अनुसार पानी परेर टनेलमा धमिलो पानी प्रवेश गर्न थालेपछि ढोकालाई विस्तारै बन्द गर्न सुरु गरिएको हो। उनले भने, ‘एकै चोटी बन्द गर्ने हैन विस्तारै विस्तारै बन्द हुँदै जान्छ।’ 

ढोका बन्द भएपछि आज बिहानदेखि मेलम्चीको पानी महाँकालचौर पानी भण्डारण पोखरीमा आउन छाडेको छ।  

खानेपानी शाखा महांकाल चौरले पनि विज्ञप्ति जारी गर्दै  सुन्दरीजल मुहान र गोकर्ण डिप बोरिङबाट संकलन हुने खानेपानी बितरण गर्न छाडेको जनाएको छ।शाखाले उपभोक्तामा पर्ने असुविधाप्रति क्षमा याचना समेत गरेको छ