हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडा-५ स्थित पिप्ले रंगशालामा हुने चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता आजबाट सुरु हुँदै छ ।
आज दिउँसो हुने उद्घाटन खेलमा सर्लाहीको वाग्मती युवा क्लब र सिमराको नव जनजागृति क्लब भिड्ने छन् । ३० गतेसम्म जारी रहने प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगितामा मनाङ मर्स्याङदी क्लब, खुमलटार युवा क्लव, नेपाल पुलिस क्लब, वागमती युवा क्लब सर्लाही, नवजन जागृति युवा क्लब सिमरा, विजय युथ क्लब हेटौडा, नेपाल आर्मी क्लव, फ्रेण्डस् क्लब, सशस्त्र प्रहरी क्लब, वि।एफ।सि। चितवन, चर्चव्वाईज क्लब र अन्तर्राष्ट्रिय क्लव एनिनियर एफसी क्यामरुनको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गरिने छ भने विद्यागत उत्कृष्ट खेलाडीलाइ २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।