नेपालमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ मा मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाहरूको व्यवस्था छ । यी वस्तु तथा सेवाको खरिद बिक्रीमा मूल्य अभिवृद्धि कर लाग्दैन । मूल्य अभिवृद्धि कर नलाग्ने वस्तु तथा सेवा निम्न छन् :
आधारभूत कृषि उत्पादनहरू, जस्तै: धान, मकै, गहँ, कोदो आदि।
आधारभूत आवश्यकताका वस्तुहरू, जस्तै : नुन, मट्टीतेल, दाउरा आदि ।
जीवजन्तु तथा सोको उपज, जस्तै : गाई, भैँसी, भेडा, बाख्रा आदि ।
कृषि सामग्री, जस्तै : खुर्पा, कोदालो, साभेल, गैँती, बन्चरो आदि ।
औषधि उपचार तथा यस्तै स्वास्थ्य सेवाहरू
शिक्षा
किताब, अखबार र मुद्रित सामग्रीहरू
कलात्मक र कालीगढी सेवा
यात्रुवाहक यातायात
घर, जग्गा, भवन ।