काठमाण्डौ- आईएमई पेले 'रिफर एन्ड अर्न' अफर ल्याएको छ ।
यस अफर अन्तर्गत आईएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको “रिफर कोड” आफ्नो साथीभाइमाझ सेयर गर्नुपर्ने कम्पनीले जनाएको छ ।
प्रापकले त्यस कोड स्वीकारेर आईएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरेपछि दुवै जनाले २५ रुपैयाँ आफ्नो आईएमई पे वालेटमा पाउने छन् ।
प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न सक्ने आईएमईले पेले जनाएको छ। प्रयोगकर्ताहरुले आफ्नो आईएमई पे एपको ुरिफर फ्रेन्डु भागबाट वा जततउकस्ररबउउ।ष्mभउबथ।अयm।लउरष्लिपकरष्लखष्तभ बाट रिफर कोड प्राप्त गर्न सक्नेछन् ।
आईएमई पेले यस एपमार्फत ग्राहकलाई आईएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने बताइएको छ । यस अफरले सेवाग्राहीहरुलाई निरन्तर रुपमा एपको प्रयोग गर्न प्रोत्साहन दिने आईएमई पेको विश्वास छ ।