चैत १६, २०७७ सोमबार


एजेन्सी । म्यानमारमा शनिबार ९० भन्दा बढी प्रदर्शनकारीको सरकारी दमनबाट मृत्यु भएपछि त्यहाँको सैन्य प्रमुखले भव्य पार्टी गरेका छन् ।सैन्य प्रमुख मिन ओङ ह्लाइङ तथा उनका जनरलले आइतबार राति नै भव्य पार्टी गरेका हुन् ।आइतबार बिहान मृत्यु भएकाको अन्तिम संस्कारमा समेत सेनाले हस्तक्षेप गर्ने प्रयास गरेको थिए ।

शनिबार सेनाको दमनका बाबजुद पनि आइतबार म्यानमारमा सैनिक शासन विरुद्ध प्रदर्शन भने रोकिएन ।म्यानमारमा सैनिक शासन सुरु भएदेखि शनिबार प्रदर्शनकारीमाथि सबैभन्दा बढी हिंसा भएको छ । फेव्रुअरीदेखि अहिलेसम्म ४ सय जनाको मृत्यु भएसकेको छ ।

आइतबार विश्वका धेरै देशका रक्षा प्रमुखले एक संयुक्त विज्ञप्ति जारी गर्दै म्यानमारको सैनिक दमनको भत्र्सना गरेका छन् ।