जेठ १९, २०७९ बिहिबार

संयुक्त राष्ट्र सङ्घले टर्की गणराज्यको नाम परिवर्तन गर्ने अनुरोध स्वीकार गरेको छ । संयुक्त राष्ट्रमा अब टर्कीको नाम टर्किये राखिएको छ ।

संयुक्त राष्ट्रका प्रवक्ता स्टिफन दुजारिकले टर्कीका विदेशमन्त्री मेवतुल कावुसोग्लूले संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसलाई एक पत्र लेख्दै टर्कीको नाम टर्किये परिवर्तन गर्न अनुरोध गरेको बताउनुभयो । पत्र प्राप्त हुनेबित्तिकै नाम फेरिएको प्रवक्ता दुजारिकको भनाइ छ ।

गएको मङ्गलवार टर्कीका विदेशमन्त्रीले संयुक्त राष्ट्र र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई पत्र लेख्ने जानकारी दिनुभएको थियो ।

टर्कीका राष्ट्रपति रेचप तैयप एर्दोआनले गएको डिसेम्बरमा आफ्ना देशका नागरिकलाई अन्तर्राष्ट्रियस्तरमा हरेक भाषामा टर्किये नाम प्रयोग गर्न भन्नुभएको थियो । त्यसबेला एर्दोआनले टर्कियेलाई सबै देशले मान्दछ भन्नुभएको थियो । उहाँले टर्कीयेले टर्कीका नागरिकको संस्कृति, सभ्यता र मान्यतालाई राम्रोसँग प्रतिनिधित्व गर्ने बताउनुभएको थयो । 

यसका साथै एर्दोआनले आफ्नो देशका कम्पनीबाट निर्यात हुने वस्तुमा पनि ुमेड इन टर्कियेु लेख्न भन्नुभएको थियो । 

तस्बिर- सामाजिक सञ्जाल