जेठ २०, २०७९ शुक्रबार

फ्रेन्च ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेक र कोको गाउफ भिड्ने भएका छन् ।

पेरिसमा बिहीवार राति भएको सेमिफाइनलमा इगाले डारिया कासत्किनालाई पराजित गरिन् । इगाले २० औं वरियताकी डारियालाई ६-२ र ६-१ ले हराइन् ।

यस्तै अर्को सेमिफाइनलमा कोकोले मार्टिना ट्रेभिसनलाई पराजित गरिन् ।  

अमेरिकी खेलाडी कोकोले इटालीका मार्टिनालाई ६-३ र ६-१ ले हराइन् ।

अब इगा र कोकोबीचको फाइनल खेल शनिवार हुनेछ ।