जेठ २०, २०७९ शुक्रबार

आईसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप क्रिकेट एसिया छनोट आज ९शुक्रवार०बाट मलेसियामा शुरू हुँदैछ ।

छनोटको पहिलो खेलमा नेपालले आज कतारसँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र कतारबीचको खेल बिहान ७ः१५ बजे शुरू हुनेछ ।

छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।

यस्तै नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा खेल्दा भुटानविरुद्ध जुन ६ मा खेल्नेछ ।

त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ ।

नेपाली टोलीमा कृतिका मरासिनी, स्नेहा महरा, श्रीष्टि जैशी, मनिषा उपाध्याय, मनिषा राना मगर, अलिशा यादव, साना प्रविन, रन्जु श्रेष्ठ, आश्मा पुलामी मगर, सानु राजवंशी, किरण कुँवर, अन्जली बिक, अनु कडायत, सुष्मिता भुसाल रहेका छन् ।