हेटौंडा - चौथो संस्करणको शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा शुक्रबार चितवनको बीएफसी क्लब र काठमाडौंको चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा दिउँसो ३ बजे हुने प्र्रतियोगितामा बीएफसी र चर्च ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुने भएको हो।
बिहीबार उद्घाटन खेलमा नव जनजागृति क्लबले विजयी सुरुवात गरेको थियो। उद्घाटन खेलमा सिमराको नवजनजागृति क्लबले सर्लाहीको बागमती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो।
३० गतेसम्म सञ्चालन हुने गोल्डकपमा १२ क्लबको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रूपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा नव जनजागृति र बागमतीसँगै त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको ९एपिएफ० क्लब, मनाङ मर्याङ्दी, फ्रेण्डस्, खुमलटार युथ क्लब, विजय युथ क्लब हेटौंडा, बीएफसी चितवन, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी छन्।