जेठ २०, २०७९ शुक्रबार

यूईएफए नेसन्स लिग समूह ‘बी’ को खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् ।

एक गोलले पछि परेको अवस्थामा रिकार्डो होर्टाले गोल गरेपछि पोर्चुगल हारबाट जोगिएको छ ।

गएराति भएको खेलमा अल्भारो मोराटाले खेलको २५ औँ मिनेटमा गोल गरेका थिए । तर स्पेनले अग्रता जोगाउन सकेन । पोर्चुगलका होर्टाले खेलको ८२ औँ मिनेटमा बराबरी गोल फर्काए ।

यो बराबरीपछि लिग ए समूह ‘बी’ मा दुवै टोलीले समान एकरएक अङ्क जोडेका छन् । गोल अन्तरका आधारमा पोर्चुगल दोस्रो तथा स्पेन तेस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा चेक रिपब्लिकले स्विट्जरल्यान्डलाई २–१ ले पराजित गरेको छ ।

चेक रिपब्लिक समूहमा ३ अङ्क जोडेर शीर्षस्थानमा छ । अङ्कविहीन स्विट्जरल्यान्ड पुछारमा छ ।