जेठ २१, २०७९ शनिबार

काठमाडाैँ । आइसिसी यू-१९ महिला टि२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल युएईसँग ८ रनमा अल आउट भएको छ । मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको हाे ।


नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन्् । किरणकुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १/१ रन जोडिन् । अन्जलीकुमारी विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, कृतिका मरासिनी, रन्जु श्रेष्ठ, अलिशा कुमारी यादव सुन्य रनमा आउट भए ।

युएईका महिका गौरले ५ विकेट लिइन् । इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन् । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । युएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो ।