जेठ २२, २०७९ आइतबार

आइतबार सुन-चाँदीको मूल्य घटेको छ। आज सुन ६ सय रूपैयाँ घटेर प्रतितोला ९७ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार थियो। 

त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ। आज चाँदी एक हजार दुई सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको थियो। 

आज अन्तरराष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।