चैत १६, २०७७ सोमबार


एजेन्सी। भारतमा कोरोनाको दोस्रो लहर तिब्र हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा संसारमा सबैभन्दा बढि नयाँ संक्रमित अहिले भारतमा देखिएको छ ।त्यहाँ आइतबार ६८ हजार २ सय ६ जना नयाँ संक्रमित थपिएका छन् ।यो तथ्यांक पछिल्लो १६९ दिनमा सबैभन्दा धेरै हो ।

यो भन्दा पहिला अक्टोबर १० मा ७४,४१८ संक्रमित थपिएका थिए ।त्यस्तै पछिल्लो दिनमा ३२,१४९ मानिसहरु कोरोनामुक्त भएका छन् भने २९५ मानिसको ज्यान पनि गइसकेको छ ।

त्यस्तै सक्रिय संक्रमितको तथ्यांक पनि लगातार बढ्दै गएको छ ।भारतमा १३८ दिनपछि सक्रिय संक्रमितको संख्या ५ लाख भन्दा बढि पुगेको छ ।

अहिले भारतमा ५ लाख १८ हजार ७६७ मानिसहरुको उपचार भइरहेको छ ।यो भन्दाअघि गत वर्ष नोभेम्बर ९ मा भारतमा ५ लाख ४ हजार ८७३ सक्रिय संक्रमित रहेका थिए ।