जेठ २२, २०७९ आइतबार

सोमालियामा लामो समयदेखि जारी रहेको आन्तरिक राजनीतिक संकटका साथै खडेरीका कारण पनि खाद्यान्नको अभाव हुदै गएको पाइएको छ ।

यहाँ खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरू देखिएका राष्ट्रसंघीय अधिकारीहरूले बताउँदै आएका थिए । जसका कारण यहाँका बालबालिकामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको छ ।


सोमालियाको यो अवस्थाका बारेमा सोमालियाली सरकार र राष्ट्रसंघीय अधिकारीहरुले शनिबार जानकारी गराएका हुन् । उनीहरूले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव र नागरिकहरू कुपोषणको शिकार हुने अवस्था रहेको पनि उनीहरूले जनाएका छन् ।


सोमालियामा खाद्यान्नलगायतका सहयोग गर्दै आएका निकाय, दाता राष्ट्र तथा राष्ट्रसंघद्वारा शनिबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा सोमालियाको यस्तो अवस्थाका बारेमा जानकारी गराइएको छ ।