जेठ २२, २०७९ आइतबार

नेपाली राष्ट्रिय क्रिकेट टोलिका ओपनर आसिफ शेख र कुशल भुर्तेल अभ्यास खेलका क्रममा घाइते भएका छन् ।

टुरको समयमा दुई खेलाडी घाइते भएका छन् । आसिफको अलि धेरै चोट छ । कुशलको कम छ । उनीहरूको रिप्लेसमेन्टका लागि छलफल भइरहेको छ । नेपाल टिमका विकेटकिपर आसिफको नेपाल अलस्टारविरुद्धको खेलअघि अभ्यासका क्रममा घुँडामा चोट लागेको थियो ।


सोही खेलमा कुशललाई फिल्डिङका क्रममा ह्याम्स्ट्रिङ समस्या भयो । विश्वकप लिग टू अन्तर्गतको शृंखला जेठ २६ देखि सुरु हुँदै छ । नेपालले आफ्नो पहिलो खेल जेठ २६ गते ओमानसँग खेल्दै छ । दोस्रो खेल २८ गते अमेरिका, तेस्रो खेल ३१ गते ओमान र असार १ गते अमेरिकाविरुद्ध खेल्दै छ ।