एजेन्सी । दुई दिने भ्रमणका लागि शुक्रबार बंगलादेश पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा शुरु भएको प्रदर्शन अहिले पनि जारी रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
बंगलादेशको चटगाउ, ढाका लगायतका ठाउमा भएको विरोध प्रदर्शन र प्रहरीसँगको झडपमा अहिले सम्म १२ जनाको मृत्यु भएको हो ।
मोदीको बंगलादेश भ्रमणको हिफाजत ए इस्लाम संगठनले विरोध प्रदर्शन गरिरहेको बताइएको छ ।
मोदीको बंगलादेश भ्रमण अगाडी नै बंगलादेशका कट्टरपन्थी मुस्लिम संगठन र वामपन्थी संगठनहरुले विरोध गर्दै र्याली निकालेका थिए । उनीहरुले मोदी साम्प्रदायिक नेता भएको भन्दै उनको भ्रमणको विरोध गरेको बताएका छन् ।
उनीहरुले कैयौं सरकारी भवनमा अग्लो लगाएको र जवाफमा प्रहरीले अश्रुग्यास र गोली चलाएको बताइएको छ ।
मोदी बंगलादेशको स्वतन्त्रताको ५० बर्ष र शेख मुजिबुर रहमानको जन्म शतबार्षिकी कार्यक्रममा भाग लिन बंगलादेश भ्रमणमा गएर फर्कीसकेका छन् ।