जेठ २३, २०७९ सोमबार

सोमबार सुन प्रतितोला ९८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

अघिल्लो दिन सुन प्रतितोला ९७ हजार नौ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला दुई सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो। 

अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस १८ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।