काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले म्यानमारमा सैनिक सरकारले गरेको हत्या र दमनको विरोध स्वरुप आज प्रदर्शन गर्ने भएको छ। समाजले आज ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गर्ने भएको हो।
म्यानमार जारी हत्या र दमनको विरोध एवं त्यस्तो हत्या र दमनलाई रोक्न संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्छ भन्ने आग्रहसहित प्रदर्शन गर्न लागिएको समाजले जनाएको छ।