एजेन्सी । चीनमा राज्यकै साइबर सञ्चालकहरू ह्याक, जासुसीदेखि डाटा संकलन गर्न सक्रिय रहेको विषय बोस्टरमा रहेको साइबर सेक्युरिटी फमले उल्लेख गरेको द सिंगापुर पोष्टले लेखेको छ ।
पश्चिमा विश्वले त चीनबाट सबैभन्दा ठूलो साइबर खतरा रहेको देख्न थालेको छ । रुस, इरान र उत्तर कोरियाबाट पनि यस्तो खतरा रहेको उल्लेख छ ।
साइबर सञ्चालकहरूले संवेदनशील डाटा चोर्ने, विभिन्न कम्पनीको प्रविधि चोरी गर्ने, उत्पादनका सूत्रहरू समेत चोर्ने गतिविधि गरिरहेको खबर छ । अर्बौँ बौद्धिक सम्पत्ति चोरीको विषय पनि उठेको छ ।
सबैभन्दा बढी अमेरिकाबाट डाटा चोरी भएको एफबीआइका निर्देशक क्रिस्टोफर रे ले बताएको सिंगापुर पोष्टले लेखेको छ । अमेरिकीहरूको व्यक्तिगत डाटा पनि चोरी भएको उल्लेख छ । धेरै अमेरिकी कम्पनीहरू ह्याकरको जासुसीको तारोमा परेको स्वीकारिरहेका छन् । चिनियाँ ह्याकरहरूले भारतमा पनि तारो बनाएको खबर छ । त्यहाँको ऊर्जा क्षेत्रमा केही महिनाअघि तारो बनाएको खुलेको थियो ।