जेठ २५, २०७९ बुधबार

काठमाडौँ । अर्थमन्त्रालयले सेयर बजार सुधारका लागि आज ४ सदस्यीय समिति गठन गरेसँगै नेप्सेमा आज उच्च अंकको सुधार आएको छ । नेप्से परिसूचक आज ६० दशमलव २२ अंकले बढेर २०८० दशमलव ४४ बिन्दु कायम भएको हो ।


आज २३१ कम्पनीको १ अर्ब ६४ करोड ३५ लाख ६ हजार ६०८ रुपैयाँ बराबरको ५ लाख ५ हजार ८१४ कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।