एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ए को पहिलो खेलमा नेपाल जोर्डनसँग २-० गोल अन्तरमा पराजित भएको छ ।
कुवेतस्थित जबेर अल अहमद अन्तरराष्ट्रिय रंगशालामा पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा हार बेहोर्नपुग्यो।
पहिलो हाफमा जोर्डनविरुद्ध नेपालका गोलकिपर दीप कार्कीले खेलको ४३ औं मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए।
डिफेन्डर गौतम श्रेष्ठले मिडफिल्डर मोहमद फैजललाई पेनाल्टी बक्स भित्र लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो।
पहिलो हाफमा गोलरक्षक दीपले पेनाल्टी जोगाए पनि दोस्रो हाफमा जोर्डनले गोल गर्दै सहज जित हासिल गर्यो।
जोर्डनलाई जित दिलाउन अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे ।
दोस्रो हाफको ६९ औं मिनेटमा अलि ओल्वानले गोल गर्दै जोर्डनलाई जोर्डनले सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि ८२ औं मिनेटमा जोर्डनले अग्रता दोब्बर पार्यो। सुमन अर्यालले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि जोर्डनले दोस्रो पेनाल्टी पायो। यसपटक हम्जा अल दार्दर चुकेनन् र खेलमा २-० को स्पष्ट अग्रता दिलाए।
त्यसपछि खेलमा कुनै गोल भएन र जोर्डनले २-० को जित निकाल्दै विजयी सुरूआत गर्यो।
यसअघि समूह ए को पहिलो खेलमा इन्डोनेसियाले कुवेतलाई २-१ ले स्तब्ध पारेको थियो। यो नतिजासँगै नेपाल अंक तालिकाको पुछारमा छ। तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछन्। त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा चीनमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन्।
नेपालले अब जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।