जेठ २६, २०७९ बिहिबार

काठमाडौं । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) सार्वजनिक ठाउँमा धर्मबारे बोल्दा सचेत हुने भएको छ । भाजपाले सार्वजनिक ठाउँमा बोल्दा अत्यन्त सचेत हुन पनि आफ्ना शीर्ष नेतालाई निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पार्टीका प्रवक्तासहित दुई नेताले मुसलमान धर्मका प्रवर्तक मोहम्मदबारे अपमानजनक टिप्पणी गरेपछि भाजपाले यस्तो निर्णय गरेको हो । भाजपाका नेताले बोलेको विषयलाई लिएर अधिकांश मुस्लिम देशले विरोध गर्दै आएका छन् ।