काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक विप्रेषण कारोबार निरीक्षण तथा सुपरिवेक्षण नियमावली २०७९ जारी गरेको छ ।
विप्रेषणसम्बन्धी कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गर्न राष्ट्र बैंक ऐन २०५८ को दफा ६३ र विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को १२ ले दिएको अधिकार प्रयोग गरी बुधबार यो विनियमावली जारी गरिएको हो ।
राष्ट्र बैंकका अनुसार यो विनियमावली नेपाल राष्ट्र बैंक सञ्चालक समितिको २०७९ जेठ १८ गते बसेको बैठकले स्वीकृत गरेको हो ।
विप्रेषण कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन प्रचलित कानुन तथा अन्य नीतिगत व्यवस्थाअन्तर्गत रहेर निरीक्षण तथा सुपरिवेक्षण गर्ने उद्देश्यले विनियमावली जारी गरिएको राष्ट्र बैंकको भनाइ छ ।
प्रचलित कानुनबमोजिमको व्यवस्था र यस बैंकबाट जारी भएको नियम, विनियम, आदेश, परिपत्र तथा निर्देशनहरू को पालना भएरनभएको परिक्षण गर्ने, विप्रेषणको समग्र वित्तीय अवस्थाको विश्लेषण गर्ने, विप्रेशकले अवलम्बन गरेको समग्र सुरक्षा व्यवस्था, विप्रेषकको कारोबारमा अन्तर्निहित जोखिम पहिचान तथा सोको व्यवस्थापन परीक्षण गर्ने र यस बैंकबाट माग गरिएको वा सो बैंकमा पेस हुन आएको विवरण तथा जानकारीको अध्ययन र विश्लेषण गर्ने कार्य विनियमावलीले राष्ट्र बैंकको भनाइ छ ।