जेठ २६, २०७९ बिहिबार

पाकिस्तानको सिन्ध प्रान्तको कराँचीस्थित हिन्दू मन्दिरमा अतिवादी समूहले तोडफोड गरेको द एक्सप्रेस ट्रिबुनले जनाएको छ ।


कराँचीको कोरान्गी नम्बर ५ स्थित श्री मरी माता मन्दिरमा तोडफोड भएको हो । बुधबार मन्दिरमा मात्र नभई हिन्दू पण्डितहरूका घरमा समेत तोडफोड गरिएको छ । मन्दिरको मूर्तिमा समेत क्षति पुर्‍याइएको छ ।

स्थानीय पण्डितको भनाइ उद्धृत गर्दै द एक्सप्रेस ट्रिबुनले आक्रमण किन भयो भन्नेमा अनविज्ञता जनाएका छन् । घटनामा ६ जनासम्म अज्ञात व्यक्तिहरू संलग्न भएको र उनीहरू भागेको उल्लेख छ ।

पाकिस्तानमा मन्दिरहरू तारोमा पर्न थालेका छन् । त्यहाँका अल्पसंख्यक हिन्दूहरूले असुरक्षित ठान्न थालेको समाचारहरूमा उल्लेख छ । सिन्धमा हिन्दू र शिख युवतीहरूलाई जर्बजस्ती धर्म परिवर्तन गर्न बाध्य पारिएका रिपोर्टहरू सार्वजनिक हुँदै आएका छन् ।