काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ३ सयले घटेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बिहीबार पनि ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ३ सयले घटेको छ ।आज तेजाबी सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । आज चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।