काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । बैंकका अनुसार ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्।एम्।एस्।द्वारा पाएको कोडबाट आफ्नो डेबिटरक्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए।टि।एम् मा गएर पिन परिवर्तन गर्नु पर्ने छ ।
ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो । सानिमा बैंकको देशको सातै प्रदेशमा एक सय २६ वटा शाखा कार्यालय तथा एक सय १७ वटा ए। टि। एम् संचालनमा रहेका छन् ।