फागुन ७, २०७७ शुक्रबार

चौधौ संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल)मा क्रिस मोरीसलाई राजस्तान रोयल्सले आफ्नो टिममा आबद्ध गर्न मोरिसलाई दिईएको १६ करोड २५ लाखले आईपिएल ईतिहासमा सर्वाधिक मुल्यबढी रकमको रुपमा ईतिहास कायम गरेको छ ।एकै टिमले २९ करोड २५ लाख २ खेलाडीमा खर्च गर्दा ५७ खेलाडीको किन बेच हुदा प्रत्यक टिमका सर्वाधिक मुल्यका खेलाडी यसप्रकारका रहेका छन् –

१)राजस्तान रोयल्स
आईपिएल ईतिहासका नै सर्वाधिक मह्गा खेलाडीका रुपमा आफुलाई उभ्याउन सफल क्रिस मोरिस राजस्तानले हिजो सम्पन्न अक्सनबाट टिममा अनुबन्ध गराएको ८ सर्वाधिक मुल्यका रहेका छन् ।
)रोयल च्यालेन्जर्स बैंग्लोर 
राजस्तानले जति नै समान ८ खेलाडी अनुबन्ध गरेको बैंग्लोरले कायल जेमिन्सनलाई सर्वाधिक १४ करोडमा टिममा अनुबन्ध गराएको थियो ।
३)मुम्बई ईण्डियन्स 
 ७ जनालाई हिजोको अक्सन मार्फत टिममा भित्राएको मुम्बईका लागि नेथन कुल्टन नाईललाई सर्वाधिक ५ करोडको मुल्यमा अनुबन्ध गरेको हो ।
४)कलकत्ता नाईट राईडर्स
साकिव अल हसनलाई ३ करोड २० लाखमा अनुबन्धन गरेको कलकत्ताले अन्य आठ जनालाई टिममा आबद्ध गरेको छ ।
)चेन्नाई सुपर किंग्स 
कृष्नपा गौतमलाई सर्वाधिक ९करोड २५ लाखमा अनुबन्धगराएको चेन्नाईले गोथम सहित ६ खेलाडी टिममा अनुबन्ध गरेको थियो ।
)सनराईजर्स हैदराबाद
३ खेलाडी मात्र टिममा अनुबन्ध गराएको हैदराबादले केदार जाधवलाई उनको आधार मुल्य २ करोड भारुमा किन्नु नै सर्वाधिक मुल्य हो ।उनको अलावा टिममा अन्य २ जना खेलाडी अनुबन्ध भएका थिए ।
)दिल्ली क्यापिटल्स
५ करोड २५ लाखमा टम करनलाई आफ्नो बनाएको दिल्लीको सो नै ठूलो खर्च रहेकोमा दिल्लीले करन सहित ८ खेलाडीलाई टिममा भित्राउन सफल भयो ।
८) पन्जाब किंग्स
सर्वाधिक ९ खेलाडी अनुबन्ध गरेको पन्जाबले जाय रिचर्डसनलाई १४ करोडमा टोलीमा अनुबन्धन गरेको थियो ।