जेठ २८, २०७९ शनिबार

मुस्लिम धर्मावलम्बीको भावनामा ठेस पुग्ने गरी पैगम्बर मोहम्मदको आलोचना गर्दै भारतीय जनता पार्टी ९भाजपा० नेत्री नूपुर शर्माले दिएको विवादित बयानले हिंसा भड्किएको छ ।

मुस्लिम समुदायले विवादित बयानविरुद्ध देशभर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको छ ।

राँचीमा भएको हिंसात्मक प्रदर्शनमा गम्भीर घाइते भएका २ जनाको राजेन्द्र आयुर्विज्ञान संस्थान ९रिम्स० मा उपचारका क्रममा मृत्यु भएको छ भने ८ जना घाइतेको उपचार जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राँचीमा प्रदर्शन उग्र भएपछि भीडलाई तितरवितर गर्न प्रहरीले लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरी जवान समेत घाइते भएका जनाइएको छ ।

प्रदर्शन बढ्दै गएपछि प्रशासनले शहरभरि कर्फ्यू आदेश जारी गरेको छ । हिंसाग्रस्त क्षेत्रमा कतिपय व्यक्तिले हनुमान चालिसा पाठ गरेका छन् ।