जेठ २८, २०७९ शनिबार

 मेगा बैंक र नेपाल इन्भेस्टमेन्टबीच  मर्जर सम्झौता  सम्पन्न भएको छ । होटेल अलफ्टमा शुक्रबार दुई बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौतामा कार्यक्रममा मेगा बैंकका अधयक्ष भोजबहादुर शाह सहभागी भएका थिए भने इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे लगाएतका दुई बैंकका उच्च तहका कर्मचारी, सेयरधनीहरुको उपस्थिति रहेको थियो । 

समझदारीअनुसार इन्भेस्टमेन्ट र मेगा बैंकबीच १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको छ। मर्जरपछि बैंकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ राख्ने सहमति बनेको छ। 

मर्जर पछि बैंकको नाम “ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा  पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा  ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहनेछ । 

हाल मेगा बैंकको चुक्तापुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ।  मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ। मर्जरपछि देशको सवै भन्दा ठूलो बैंक बन्नेछ ।  

दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बैंकका अध्यक्षहरुले जानकारी गराएका छन् ।  

62a35a652c70f.jpg