स्पेनको काटाब्रिया क्षेत्रमा भाले र पोथी भालुबीच लडाइँ हुँदा भाले भालुको ज्यान गएको छ । लडाइँमा दुवै भीरबाट खसेका थिए । तर भालेको भने ज्यान गएको छ ।
आफ्ना डमरु मार्न आएको उक्त भालेसँग माउले लडाइँ गरेकी थिई।
काटाब्रिया पर्वतीय क्षेत्र भालुको वासस्थान हो। त्यहाँ ३५० वटा भालु बस्छन्।
भाले भालुले यौनिक कारणले डमरु मार्ने र पछि पोथीसँग समागम गर्ने गरेको वैज्ञानिकहरू बताउँछन्।