जेठ २९, २०७९ आइतबार

उत्तर कोरियाको विदेशमन्त्रीमा पहिलो पटक महिला नियुक्त भएकी छिन् । अनुभवी कूटनीतिज्ञ चोए सोन हुई उत्तर कोरियामा पहिलो पटक महिला विदेशमन्त्री बनेकी हुन् ।

हुईले यसअघि उपविदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । अंग्रजी भाषामा पनि राम्रो दख्खल भएकी उनले री सोन ग्वोनलाई विस्थापित गरेकी हुन् । कूटनीतिक सेवाबाट आएकी हुईले विभिन्न देशसँगको वार्ताका क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छिन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको शिखर बैठकमा पनि उनको उल्लेखनीय भूमिका थियो । उत्तर कोरिया र विभिन्न शक्तिराष्ट्रबीचका वार्ता तथा छलफलमा सक्रिय सहभागिता जनाउँदै आएकी हुईले विदेश मन्त्रालयको जिम्मेवारी प्रभावकारी रूपमा निर्बाह गर्ने अपेक्षा गरिएको छ ।