आज एकै दिन १ हजार ५ सय रुपैयाँ प्रतितोलाले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघले आजको मूल्य तोक्दै भाउ शुक्रबारको तुलनामा १ हजार ५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको कारोबार मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ थियो ।