जेठ २९, २०७९ आइतबार

काठमाडौँ — सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेर आउँदो असार १ देखि पुरानै अवस्था अर्थात् शनिबार मात्र सार्वजनिक बिदा कायम गर्ने निर्णय गरेसँगै असार पहिलो सातादेखि लागू हुनेगरी आइतबार पनि सेयर कारोबार खुला गर्ने तयारी नेप्सेले गरेको छ ।

सरकारले आइतबार सार्वजनिक बिदा गरेपछि शुक्रबारको कार्यालय समय बढाएर पूरा दिन बनाइएको थियो । असारदेखि शनिबार मात्र सार्वजनिक बिदा हुने भएपछि शुक्रबार कार्यालय समय आधा दिन मात्र कायम हुनेछ । यसकारण आइतबारदेखि बिहीबारसम्म चार घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार साढे २ घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म सेयर कारोबार खोल्ने तयारी भएको नेप्से स्रोतले जनाएको छ ।