काठमाडौँ । कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी कोरोनासँग सम्बन्धित समस्याका कारण अस्पताल भर्ना भएकी छिन्। २ जुनमा उनीमाथि कोरोना संक्रमण पुष्टि भएको थियो।
कांग्रेसका वरिष्ठ नेता रणदीप सिंह सुरजेवालाका अनुसार गान्धीलाई अस्पतालको निगरानीमा राखिनेछ। हाल उनको अवस्था सामान्य रहेको छ।