जेठ २९, २०७९ आइतबार

नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । यसअघि खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ रहेको चिनी अहिले बढेर १०५ रुपैयाँ पुगेको हो ।

भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाल प्रभावित बनेको छ । नेपालको उत्पादनले आन्तरिक माग धान्दैन । माग धान्न भारतबाट ल्याउनुपर्छ । भारतले निर्यात रोकेपछि थोक व्यापारीले चिनी लुकाएका छन् ।

थोक व्यापारीले चिनी लुकाएपछि बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १०५ रुपैयाँदेखि ११० रुपैयाँसम्म कायम भएको छ । संघले आधिकारिक रूपमा १०५ रुपैयाँ तोके पनि व्यापारी पिच्छे फरक–फरक मूल्य कायम भएको छ ।

यसअघि, पनि चिनीको खुद्रा मूल्य प्रतिकिलो ९५ रुपैयाँ रहे पनि व्यापारीले ९८ रुपैयाँसम्म बिक्री गर्थे ।