जेठ ३०, २०७९ सोमबार

युवा तथा खेलकुदमन्त्रीको नेतृत्वमा नेपाल बक्सिङ संघ पदाधिकारीसहित ८ सदस्यीय टोलि बक्सिङ महासंघ रसिया र रसियाका खेलकुदमन्त्रीको निमन्त्रणामा मस्को प्रस्थान गरेको छ। 

खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक), मन्त्रालयका सचिव डा दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुख मधुसुदन बस्नेत, मन्त्रीका निजी सचिव रोशनकुमार सुनार, बक्सिङ संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, संघका सदस्य मानबहादुर भण्डारी र प्रवक्ता एवं अन्तरराष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले सोमबार रसिया प्रस्थान गरेका हुन्।


टोलि जुन १५ मा बक्सिङ प्रतियोगितामा सहभागी हुने कार्यक्रम रहेको छ। भ्रमण टोलि जुन १६ मा दुबई हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ।