जेठ ३१, २०७९ मंगलबार

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलवार तेस्रो खेल खेल्दैछ ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले आज राति ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे शुरू हुनेछ ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो ।

ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार खेल्नेछ  ।

शनिबार भएको खेलमा नेपाल र अमेरिकाबीचको खेल टाइ भएको थियो ।