एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज मंगलवार इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले तेस्रो तथा अन्तिम खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार राति १ बजे शुरू हुनेछ ।
यस अघि नेपालले लगातार दुई खेल गुमाइसकेको छ ।
बुधवार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो ।
यस्तै शनिवार भएको दोस्रो खेलमा नेपाललाई आयोजक कुवेतले ४-१ गोल अन्तरले हराएको थियो ।
छनोटको समूह 'ए' मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ ।
इन्डोनेसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
कुवेतलाई हराएको इन्डोनेसिया जोर्डनसँग भने पराजित भएको थियो ।
समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।