जेठ ३१, २०७९ मंगलबार

जर्मन क्लब बायर्न म्युनिखले युवा मिडफिल्डर रायन ग्राभेनबर्चलाई अनुबन्ध गरेको छ ।

बायर्नले डच क्लब आयाक्सबाट २० वर्षीय युवा मिडफिल्डर अनुबन्ध गरेको हो ।

रायनले बायर्नसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

गत सिजन रायनले डच लिगमा ३० खेल खेल्दै २ गोल गरेका थिए ।

मिडफिल्डर रायनले नेदरल्यान्ड्सका लागि १० खेलमा १ गोल गरिसकेका छन् ।