माघ ३०, २०७७ शुक्रबार

एजेन्सी : जर्मन क्लब बार्यन म्युनिखले क्लब विश्वकपको उपाधि जितेको छ । शुक्रबार बिहान सम्पन्न फाइनल खेलमा मेक्सिकोको टाइग्रेसलाई १-० गोलले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।
कतारको अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले निर्णायक गोल गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ दुबै टोलीबाट गोल हुन सकेन , भने दोस्रो हाफको खेलको ५८ औं मिनेटमा पोलीस फरवार्ड रोबर्ट लेवान्डोस्कीको पासमा पाभर्डले गोल गरि बार्यनलाई उक्त उपाधि दिलाए । 

उक्त जितसँगै बायर्नले क्लब विश्वकपको उपाधि दोस्रो पटक उचालेको छ । यस अघि बार्यनले सन २०१३ मा जितेको थियो ।