काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले धादिङमा स्थित श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई आवश्यक पर्ने कम्प्युटर तथा ल्यापटप खरिद, प्रोजेक्टर खरिद, फर्निचर, विद्यालय कम्पाउन्ड वाल निर्माण प्रयोजनका लागि ५० हजार रुपैंयाँ आर्थिक सहयोगको रकमको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ ।
बैंकको तर्फबाट कर्मचारी सन्तोष दाहाल, बिजय तामाङ र सुदिप श्रेष्ठले संयुक्त रुपमा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष र प्रध्यान्ध्यापक डिल नारायण श्रेष्ठलाई चेक हस्तानतरण गरेका हुन् । कक्षा ८ उतिर्ण विद्यार्थीहरुलाई बिदाई कार्यक्रम तथा गत शैक्षिक सत्रका उतिर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदनधिकारीहरु, शिक्षक, यस क्षेत्रका बुद्धिजीवी, समाजसेवी, अभिभावक, सल्यान्टार बचत तथा ऋण सहकारिको प्रबन्धक तथा विधार्थीहरुको उपस्थ्तिी रहेको थियो ।
बैंकका तर्फबाट पनि उक्त कार्यक्रममा आधिकारिक कर्मचारीहरु उपस्थिति रहेको थियो । यस सहयोगबाट संस्थाले विद्यार्थीहरुलाई अध्यन गर्न रुचि बढाउन प्रोत्साहन पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ ९बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।