काठमाडौँ । बङ्गालको खाडीबाट नेपालमा आउने हावाको प्रभाव र सक्रिय मनसुनका कारण केहीदिनमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । असार २ गतेदेखि केही दिन पाहाडी भागका धैरै ठाउँमा मध्यम खालको वर्षा र तराईँमा हल्का वर्षा अनि हावाहुरी को सम्भावना विसित भइरहेको मौसमविद् धर्मराज उप्रेतिले नेपालमार्गलाई बताए ।
देशको पश्चिम भू-भागहरू सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशमा आजदेखि सामान्य असर सुरु भई भोलिदेखि तराईँको उकुसमुकुस गराउने गर्मी मा २-३ डिग्री ले कमि आउने पूर्वानुमान गरिएको उनले बताए । र यो केहीदिन कायम हुने सम्भावना छ ।
आज सुदूरपश्चिमका दार्चुला र बैतडीमा हल्का वर्षा सुरु भएको छ । यस्तै प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेशको केही भाग र मधेस प्रदेशमा भने बाङ्गालको खाडीबाट आउने हावाको प्रभाव र सक्रिय मनसुनका कारण मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान छ । मनसुनी रेखा लुम्बिनी प्रदेशनजिक पुगेको हुनाले अबको केही दिनमा देशभरि वर्षा हुने छ ।