असार २, २०७९ बिहिबार

भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ ।  पछिल्लो २४ घण्टामा  १२ हजार २१३ जना संक्रमित फेला परेका छन् भने ११ जनाको मृत्यु भएको छ। सोही अवधिमा भारतमा ७ हजार ६२४ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोना भाइरसबाट निको हुनेको संख्या ४ करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ ।  


भारतको सरकारी तथ्यांकअनुसार हाल कोरोना संक्रमितको संख्या ५८ हजार २ सय १५  छ । हालको संक्रमणमुक्त दर ९८.६५% छ भने दैनिक संक्रमण हुने दर २.३५% र साप्ताहिक संक्रमण दर २.३८% छ।

दिल्लीमा पनि बढ्दै 

बुधबार दिल्लीमा कोरोनाका १ हजार ३७५ नयाँ संक्रमित भेटिएका छन् ।  दिल्लीमा संक्रमण दर ७.०१ प्रतिशत रहेको छ। बुधबार दिल्लीमा संक्रमणका कारण मृत्यु भने भएको छैन । 

नयाँ संक्रमित थपिएपछि दिल्लीमा कुल संक्रमितको संख्या १९ लाख १५ हजार ९०५ पुगेको छ । दिल्लीमा हालसम्म कोरोनाबाट २६,२२३ को मृत्यु भएको छ।