असार २, २०७९ बिहिबार

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले न्यायको माग गरी संघीय राजधानीमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले निहारिका र उनको बच्चाको संरक्षण गरी घटनाको छानविन गरी दोषिमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।


बैठककमा सांसद मृगेन्द्रसिंह यादवले मधेसी महिला निहारिका राजपूत न्यायको खोजीमा भौतारिएको जनाउँदै उनीको माग सम्बोधन गर्न सरकारको ध्यान जावोस भने ।

सांसद बिमला घिमिरेले बलत्कार पीडित भनिएकी युवती निहारिका न्यायका लागि आफ्ना बालक सहित राजधानीमा अनसर बस्दा पनि उनीको माग सुनुवाइ नहुनु दुःखद् भएको जनाउँदै सो घटनाका विषयमा छानबिन गर्न समिति गठन माग गरे ।