असार २, २०७९ बिहिबार

प्रयोगकर्ताहरूको सहजीकरणका लागि युट्युवले नयाँ फिचर थपेको छ। युट्युवले अपलोड गरिसकेको भिडिओ सम्पादन गर्न मिल्ने ‘करेक्सन’ फिचर सार्वजनिक गरेको हो। 

अमेरिकी प्रविधि वेबसाइट द भर्जका अनुसार यो नयाँ फिचरको प्रयोगमा प्रयोगकर्ताहरूले अपलोड गरिसकेको भिडिओलाई डिलिट नगरी त्यसमा कुनै गल्ती भए सम्पादन गर्न सक्नेछन्। 

युट्युबको नयाँ फिचरले भने अब भिडिओ डिलिट नगरी त्यसैमा सम्पादन गर्न सकिन्छ। अर्थात्, पोस्ट भइसकेको भिडिओको गल्ती सच्याउन सकिन्छ। द भर्जका अनुसार भिडिओमा सच्चाइएको कुरालाई भिडिओको छेउमा हुने ‘इन्फोकार्ड’ बक्समा देखाइनेछ।