असार २, २०७९ बिहिबार

काठमाडौँ — अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुनका लागि नेपाली सेनाले पठाएको पत्र सार्वजनिक भएको छ । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो ।


बिहीबार नेपाली सेनाले विज्ञप्ति जारी गरी यस्तो कुनै पनि सम्झौता र समझदारी नगरेको दाबी गरेको थियो ।

नेपाली सेनाका तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी. टेप्लिजलाई सम्बोधन गर्दै सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १० ) मा गरेको पत्राचारमा नेपाली सेनालाई सहयोग गर्ने विषयहरू उल्लेख गरिएको छ ।

उनले एसपीपीमा सहभागिताका लागि आग्रह गरेको पत्राचारमा उल्लेख छ । केपी शर्मा ओली सरकारको नेतृत्वमा रहँदा पत्राचार भएको उक्त पत्रमा दुई मुलुकमा सुरक्षा निकायहरूबीच सहकार्य गर्नेबारेमा उल्लेख छ ।