असार २, २०७९ बिहिबार

भारतबाट पेट्रोलमा ६.५२ रुपैयाँ बढेर आएको छ । 

नेपाल आयल निगमले बिहीवार भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको हो । 

निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेलमा १९.३ रुपैयाँ र हवाई इन्धनमा १९.९१ रुपैयाँ मूल्य बढेर आएको छ ।

भारतबाट मूल्य बढेर आएपनि निगमलाई पेट्रोलमा ३१.२८ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । 

यस्तै डिजेलमा ३७.१६ रुपैयाँ घाटा भएको छ भने हवाइ इन्धन (आन्तरिक)मा २.७०० रुपैयाँ घाटा हुने निगमको भनाइ छ । 

निगमका अनुसार आगामी १५ दिनमा करीब ४ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने देखिएको छ ।